भनिन्छ “भोको पेट भएको, अस्पतालको सैंयामा रहेको हुरीवतास,भुकम्प, बाढि पहिरो दलन र अपहरण जस्ता प्राकृतिक र मानवकृत विपत्तिमा परेको, आश्वासनको पर्खाईले थकितथकित भएका लाचार व्यक्ति र सामुदायका लागि एक गास खान्की, एक डोज औषधी र निको वचन, उद्धार र मुक्तिका सामान्य प्रयास कार्यान्वयनको झिनो कदम मात्र पनि सस्वागत स्वीकार गरिने परिस्थिति हुनु नुहुनु तत्तत् समयमा समुदायको ज्ञान, चेतना, क्षमता, विवेक र नैतिकताको प्रतिविम्व हो ।”
नमस्कारः– केको खैलावैला हो ? कविता, पाठ हो कि मुक्तक ? “आश्वासनको पर्खाइले थकितथकित व्यक्ति र समुदाय.............................................नैतिकताको प्रतिबिम्ब हो” “सुन्दा त बैलौरी कलुवापुर सडकको दुरावस्थाले यस क्षेत्रमा भइरहेको दोहन शोषण र उत्पीडनको अवस्था उजागर गरेको झल्को लाग्यो ।
पाँच रुपैया हाराहारी प्रति किलोमिटर यातायात भाडा, आधा घण्टाको दुरीका लागि अढाई घण्टा समय लाग्ने जोखिमका कारण पाहुना पर्यटक एकपटक आए फेरि नदोहोरिने । उद्योग व्यावसाय गर्ने उद्देश्य लिई आउने उद्यमी फर्केर नआउने । बेलोरी कलुवापुर राजमार्ग भनिने क्षेत्रमा के भाको ?
चिया पसल देखि बजारका गल्लीगल्ली, चोकचोक, गाउँबस्तीका चौतारा, संघसस्थाका मिटिङ सिटिङ, खेतबारी मेलापात, पार्टीका भेटघाट र सभा समारोह, समाजमा विवाह, ब्रतबन्ध, पर्यटन, भ्रमण, मेला, महोत्सव, मठमन्दिरका पुजाआजा, परपाहुनाको आगत स्वागत, मसानघाट मैलभेट प्रत्येक ठाँउ र मानव कृयाकलापमा सडकको दुरावस्था र यसको निमार्णमा भएको चरम लापरवाही हेल्चक्र्याइ र वेवास्ताकै खैलाबैला भएको हुन्छ ।
नमस्कारः एक कप चिया र एक समोसा दिनुस्न । कुर्सिमा, टेबुलमा जताततै धुलो देखिन्छ, पुछ्नुस् ।
कति पुछ्ने हजुर ! प्रत्येक घण्टामा सफा गर्छौँ, तैपनि यस्तै हुन्छ । यो धुलाम्मे वगरे सडकका कारण यसो भएको हो ।
नमस्कार: सडकको विषयमा कुरै नगर्नुस् । यो लथालिङ्ग सडकका नाम धेरै छन् । सुरुमा यसलाई मरामा (महेन्द्र राजमार्ग), श्रीपुर सहायक रार्जमार्ग भनिन्थ्यो । २०५१ मा मदनआश्रित सहायक राजमार्गका नामले पुनर्नामांकरण भयो । दुई दशक पछि कलुवापुर बेलौरी सडक र लगतै पछि कलुवापुर बेलौरी बैसाखा सडक पनि भनियो ।
चर्चा अनुसार २०७३ असारमा ३० करोडको लागत स्टिमेट राखी सडक विभागबाट ठेक्का आह्वान भएकोमा १३ करोड घटिमा अर्थात १७ करोडमा २०७५ जेठसम्म कालो पत्रे समेतको काम सम्पन्न गर्ने गरी “सन्तोषी थेगिम जेभि कन्स्ट्रक्सनका नाउँमा” ठेक्का सदर भयो । २०७३ माघ १० गते यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधान सभा सदस्य÷सांसद माननीय दिवान सिंह बिष्टबाट बेलोैरी भन्सार परिसर छेउमा शिलान्यास हुँदा सडक पनि बन्ने बेलौरी भन्सारको स्तरोन्नति पनि हुने विस्वास जाग्यो ।
२०७३ मा नै निर्वाचन क्षेत्र नं. १ पूर्वाधार विकास कोषको रकम रु. ५ करोड पनि माननीय सांसद दिवान सिंह बिष्टको सक्रियतामा उक्त राजमार्ग कै मैनाहा र बैसाखा खण्डमा लगानी भएकोमा पुल वारी देखि बेलौरी बजार क्वारेनटाइन चेक पोष्ट सम्म र शान्तिपुर स्कुल देखि मैनाहा सम्म अन्दाजि ४ किलोमिटर एस्.डि. महरा जेभि निर्माण सेवा ले २०७४ असार दोस्रो हप्ताभित्रै कालोपत्रे गरिसकेकोले कम्पनिकोे सन्तोषि थेगिम जेभि कन्स्ट्रक्सन कम्पनिले २८.८३८ किलोमिटर पिच गर्ने लिएको दायित्वबाट ४ किलोमिटर घटाउँदा २४ किलोमिटर ८३८ मिटर मात्र गर्नु पर्ने देखिन्छ ।
सन्ताषि थेगिम कम्पनिले कलुवापुर बेलौरी सडकको स्याली देखि नेपाल भारत सिमासम्मको झन्डै १३ किलोमिटर खण्डको चान्देव बजारमा अन्दाजि ७५ं७५.१५० मिटर खुल्ला नालि निर्माण र त्यसै भित्र केही ग्राभेल थप्नुको साथै आसपासमा २ वटा ह्युमपाइप कल्भर्ट मात्र बनाएर म्याद गुजा¥यो । सष्न्तोषि थेगिम जेभि कन्स्ट्रक्सन कम्पनीले कलुवापुर बेलौरी सडकको कुनैपनि स्थानमा सडक निर्माणको लागत स्टिमेट, सडकको लम्बाई, पिचको चौडाई, र किसिम दायाँबायाँ सोल्जरको चौडाइ ठेक्का अवधिको तिथिमिति राखेर कुनै सुचना बोर्ड नराख्दा सरोकारवाला सबैमा दुविधा र भ्रम फैलिएर आपसमा खिचातानि र द्वन्द्व सिर्जना भएको भान हुन्छ ।
निर्माण कार्य अस्तव्यस्त रहेकै अवस्थामा म्याद गुज्रेपछि २०७५ मंसिर पुष तिर नेपाल सरकारले प्राविधिक संरचना नै पुरा नभैसकेको अवस्थामा रहेको सुदुरपश्चिम प्रदेश सरकारलाई सडक निर्माणको जिम्मेवारी सुम्पेको समाचारले सरोकारवाला प्रतिनिधि सभा सदस्य माननीय नर बहादुर धामी र क्याविनेट मन्त्री समेत रहेका अर्का सदस्य माननीय बिना मगर, प्रदेश सभा सदस्यहरु माननीय महेश दत्त जोशी, माननीय लाल बहादुर खड्का, माननीय तारा लामा तामाङ र माननीय कुलबीर चौधरी तथा यस यस क्षेत्रबाट प्रतिनिधित्व गरिसकेका पूर्व सांसदहरु, सांसदका उम्मेदवारहरु, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाँउपालिका, बेलौरी नगरपालिकाका पदाधिकारीहरु, सडकको दुरावस्थाबाट पीडित यस क्षेत्रका उद्योगी व्यापारी समाजसेवी, बुद्धिजिवि, सम्पूर्ण जनतामा खैलाबैला मच्चियो । अलपत्र बेवारिसे राजर्माग भनी निरासायुक्त आक्रोस र व्यंग्य व्यक्त गर्न थाले ।
प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ५ मा पूर्वपश्चिम राजमार्ग देखि अनेकन वस्ती र बजार भएर नेपालभारत सिमासम्म फैलिएका यस्ता सडकहरु कोही चार लेन वा छ लेन बनिसकेका छन् भने कोही निर्माणाधिन छन् । यातायात, उद्योग व्यवसाय, पर्यटन, विकास निर्माण, शिक्षा, स्वास्थ्य र सुरक्षाका दृष्टिले र राष्ट्रियताका दृष्टिले पनि महत्वपुर्ण मानिएका यस्ता मुख्य सडकहरुलाई चार लेनमा स्तरोन्नती गर्ने राष्ट्रिय निति पनि हो ।
शताब्दी बढी समयसम्म कञ्चनपुरको र पूर्वाद्र्धमा कञ्चनपुर र कैलालीको समेत सदरमुकाम रहेको बेलौरी क्षेत्र भएर नेपालभारत सिमामा खजूरीय पूरनपूर राजमार्ग सित जोडिने यस राजर्मागको राष्ट्रिय महत्व भएकोले नै राष्ट्रिय योजना आयोगको सिफारिसमा २०७२।०७३ सालमा निर्माण कार्य अगाडी बढेतापनि निमाण कार्य लथालिङ्ग अवस्थामा रहनु यस क्षेत्रका लागि सुदुरपश्चिम प्रदेशका लागि मात्र नभएर नेपाल राष्ट्रकै लागि गम्भीर चिन्ता र चाँसोको विषय बनेको छ । सडकको दुरावस्थाको कारणले यस क्षेत्रलाई दैनिक लाखौँको क्षति हुने गरेको छ । बेलौरी भन्सारको स्तरोन्नति गरी नाका भन्सारमा परिणत गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय एजेन्डा बनी सकेको अवस्थामा यस सडकको दुरावस्थाका कारणाले पनि द्विविधा पुर्ण हुन गएकोले गम्भीर चिन्ताको विषय बनेको छ ।
२०७६ साउनको उत्तराद्र्धमा नेपाल कम्युनिष्ट पार्टीका नेता माननीय सांसद एवं पूर्वमन्त्री लेखराज भट्ट लगायतका केही सरोकारवाला व्यक्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएर अलपत्र परेको कलवापुर–बेलौरी सडकलाई हुलाकी सडक परियोजनामा पार्न प्रयास भएको समाचार सामाजिक सञ्जालमा भाइरल हुदा सत्तासिन पार्टी नेकपा भित्र खैलाबैला मच्चियो । लगतै बेलौरी नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले सुदरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई र भोैतिक पुर्वाधार तथा योजना मन्त्रीलाई ज्ञापनपत्र वुझाएको समाचार सार्वजनिक भएको छ । साउनको अन्तिम, भदोेैको आरम्भतिर शान्तिपुर देखि बेलौरी बजार धनगढी चोक लक्ष्मी स्वीटसम्म विभिन्न समयमा बनेको पक्कि सडकको पीच उप्काएर ग्राभेल र गिट्टीे वेश समेत खन्ने काम भयो । सडक दायाँवायाँ घर पसलवालाले बनाएका कच्ची पक्की पेटीहरु भत्काएर माटो गिट्टी ग्राभेल ओसारपसार गर्ने काम भयो ।
भदौ भित्रै पानी पिच गर्ने, असोज महिना भित्रै कालोपत्रे पिच गरिसक्ने चर्चा चल्योे । पक्की सडक भत्काएकेै दिन देखि शान्तिपुर देखि बेलौरी बजारको सघनवस्ती र बजार क्षेत्रमा पानी परेको दिन हिलाम्य र घाम लागेको दिन धुलाम्य हुने गरेकोले उपभोक्ताहरु मर्माहत भएका छन् । भदौ, असोज, अनि कार्तिक पनि जानै लाग्यो । यसबीचमा सरकार र ठेकेदार कम्पनीका कुनै पनि प्राविधिकले सडकको टीठलाग्दो अवस्थाको स्थलगत रेखदेख तथा नापजोख गरेका छैनन् । यस क्षेत्रमा लामो समय देखि सरकार निरीह देखिएको छ । सडक निर्माणमा चरम लापरवाही हेलचक््रयाई वेवास्ता र उपेक्षाले यस क्षेत्रमा विपत्ती छाएको छ ।
प्रदुषणका कारण सडक छेउका वासिन्दा र बजारका उपभोक्ता विरामी परेका छन् । यस विपत्तिको घडीमा राजनैतिक आग्रह, पूर्वाग्रह र भ्रम मुक्त भएर स्थानीय सरकारहरु राजनैतिक दलका नेता, कार्यकर्ता, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ, संस्था, बुद्धिजिवी, समाजसेवी सम्पूर्ण चेतनशील व्यक्तिले स्वतस्र्फुत भई आपसमा छलफल र परामर्श गरी समय सापेक्ष यस ज्वलन्त समस्याको तत्कालीन, अल्पकालीन र दीर्घकालीन उचित निकास निकालेर निरासा र आक्रोश युक्त खैलावैलालाई सकारात्मक सोचमा रुपान्तरण गर्दै सरकारको जिम्मेवार निकायलाई दिशानिर्देश गराउनुमा नै यस क्षेत्रको उज्ज्वल भविष्य निहित छ ।
पंक्तीकार : केशब राज जोशी, पूर्व प्रधानाध्यापक महाकाली माद्यमिक विद्यालय बेलौरी कञ्चनपुर