विकाश सिंह महता, कञ्चनपुर २६ कार्तिक । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा वडा न. १ मा आयोजना गरिएको प्रथम बेलडाँडी अन्तरविद्यालय स्तरीय मेगा हाजिरीजवाफको उपाधी सरस्वती मावि बेलडाँडीले हात पारेको छ।
मंगलबार आयोजना गरिएको प्रथम बेलडाँडी अन्तर विद्यालय स्तरीय मेगा हाजिरी जवाफ प्रतियोगिता -२०७६ मा सामुदायिक विद्यालय पाच र निजि तथा आवासीय विद्यालय चार गरि जम्मा ९ वटा टिमको सहभागीता रहेको थियो। जसममा सामुदायिक विद्यालय क्रमश सरस्वती मा.वि झरनासागर, गणेश मा.वि भुर्षा, सरस्वती जनता मा.वि बैबाहा,सिहपाल आधारभुत विद्यालय चन्दनबस्ती र शैलेश्वरी आधारभुत विद्यालय बेलडाडी -२ गरि पाच टिम रहेका छ भने निजि विद्यालय तर्फ कञ्चन ग्यालेक्सी पब्लिक स्कुल बेलडाँडी गा.पा- २,बेलडाँडी नवज्योति पब्लिक स्कुल बेल्डाँडी गा.पा-१ , सगरमाथा शिक्षा एकेडेमी बेलडाँडी-१ र पशुपति शिक्षा मन्दिर बेलौरी नगरपालिका -९ रतनपुरको उपस्थित रहेका थिए।
हाजिरी जवाफ प्रतियोगिताको प्रथम हिने टिम सरस्वती मा.वि झरनासागर ले नगद धनराशि रु ५ हजार प्रमाणपत्र र मेडेल हात परेका छन भने दोस्रो हुने कञ्चन ग्यालेक्सी पब्लिक स्कुल बेलडाँडी -२ ले नगद २ हजार प्रमाणपत्र मेडल ,तितृय हुने टिम पशुपति शिक्षा मन्दिर बेलौरी न.पा-९ रतनपुरले नगद १५ सय मेडल र प्रमाणपत्र हात पारेका छन। पुरस्कार वितरण सभापति , प्रमुख अतिथि र विशिष्ट अतिथि लगायतले प्रशंसा प्रमाणपत्र र सम्मान पत्र वितरण गरिएको छ।
प्रशंसा पत्र बेलडाँडी गा.पा , विशेष सहयोगको भुमिका निर्वाह गर्दै सरस्वती मा.वि र मिडिया पार्टनर सुदूर दर्पण दैनिक र बेलडाँडी पोष्ट लगायत कार्यक्रमको मुख्य प्रायोजकको भुमिका संगै आर्थिक रुपमा पुर्णरुपमा सहयोग गर्दै बेलडाँडी गा पा .- २ निवासी गणेश मा. वि भुर्षाका पुर्व विद्यार्थी धर्मराज जोशी , सह प्रायोजक रौलेश्वर मावि का पुर्व विद्यार्थी एवम् प्रतिभा ग्रील उद्योगका प्रो. मीन बहादुर शाहलाई सम्मान पत्र संगै सम्मान गरिएको छ।
उक्त कार्यक्रमको आयोजना कालिका प्रा.वि ,रौलेश्वर मा.वि बेलडाँडीका पुर्व विद्यार्थी बिकाश सिहं महता, सरस्वती मा.वि झरनासागरका पुर्व विद्यार्थी महेश भट्ट र टेकेन्द्र पाठक लगायत बेलडाँडी गा.पा वडा न.१ को कार्यालयको समन्वयमा र गणेश मा.वि का पुर्व विद्यार्थी धर्मराज जोशीको मुख्य प्रायोजक /आर्थिक सहयोगमा र सह प्रायोजक प्रतिभा ग्रील उद्योगका मीन बहादुर शाह रहनुका साथै कार्यक्रम संचालनका लागि विशेष सहयोग सरस्वती मा.वि झरनासागरको रहेको थियो।
कार्यक्रमका सभापति टेकेन्द्र पाठक,प्रमुख अतिथि बेलडाँडी गा.पा वडा न.१ का वडा अध्यक्ष अम्मर बहादुर खात्री,विशिष्ट अतिथि सरस्वती जनता मा.वि बैबाहका प्राचार्य नन्द राज रोकाया,सरस्वती मा.वि झरनासागरका सह प्राचार्य राधाकृष्ण पाठक र बेलडाँडी वडा न.१ का वडा सदस्य शंकर भट्ट ,अतिथिमा मीन बहादुर शाह,प्रकाश बडवाल र बम बहादुर बुढु लगायत सहभागी विद्यालयका प्रतिनिधि सरस्वती मा.वि का सम्पुर्ण शिक्षक, विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो। भने कार्यक्रमको उद्घोषण विकाश सिंह महताले र कार्यक्रममा स्वागत मन्तव्य महेश भट्टले राखेका थिए ।