म नजन्मिदै विधवा भएकी हिमाल
खै! किन हो मेरा यी हेर्ने नयनले उनलाइ
अझै पनि दिन र रातमा
सेतै लुगा पहिरिएकी देख्छ
अचम्म लाग्छ मलाइ पहिरिएकी सेतो लुगा माथि
मुनालले पाइला टेके पनि विष्ठा गरे पनि कहिल्यै
मैलो हुदैन सेतो लुगाको वास्तविक रङ
उत्तिकै सेतो देख्छु म
निर्जीव वस्तु भएनी हिमाललाइ
सजीव मनुस्यको जस्तै चोटको कल्पना गरेको छु मैले
किनकी चोटै चोटले ग्रसित भएकी उनी आजभोली
अपाङ्गको सिकार बनिसकेकी छिन
उनलाइ अन्धो भन्छु म किनकी उनी आँखा देख्दैनन
आँखा नदेखे पनि अरु कसैलाइ सुम्सुम्याउन समेत सक्दैनन
तर पनि कस्तुरी, डाफे,मुनाल,घोरल,चितुवा आदि जनावरहरुको
सहारा दिने आश्रय स्थल भएर उभिएकी छिन, के कम छिन र?
जमिन भित्र उनको खुट्टा गाडिएर होला
खुट्टाको दृश्य मैले अझै पनि देख्न पाएको छैन
कस्तो होला है! हिमालको खुट्टा ? सोचिरहन्छु म
सायद खुट्टा नै छैन र पो कहिल्यै पनि हिड्डुल गर्न सक्दैनन कि?
जब कुनै समयमा चुचुरोमा हावा बहन थाल्यो
एकदिन सेतो कपाल धरतीमा हाम फालेर
नदिहरु बढ्न थाले तर उहीँ बहेको हावाले
हिमालको श्रवण गर्ने कानको जाली
नै फुटाइदिएछ त्यही भएर म भन्छु
हिमाललाइ बहिरो पनि हुनुहुन्छ तपाईं
सधै टोलाएर बसेकी देख्छु म
रोजगारी भन्ने कुरा त उहीँ हो हिमाललाइ
बिहानीपख देखि सन्ध्या काल सम्म
प्रकृतिले बसिबसी ऐना टल्काउने
पदभार ग्रहण गराइदिएको छ जब घाम
झुल्किन्छ उनी अस्ताउन्जेल सम्म ऐना टल्काइरहन्छिन्
त्यसैले म भन्छु हिमाललाइ बिधवा भएर के भो त
खान लाउनको लागि रोजगारी मिलेकै छ क्यारे !
नाम : गोबिन्द सिह डडाल (दुनु)