कञ्चनपुर, असोज २४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले निजी शिक्षकका लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले गत आर्थिक बर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले नगरभित्र रहेका विभिन्न सामुदायिक विद्यालयका निजी शिक्षकलाई प्रोत्साहन गर्नका लागि बजेट विनियोजन गरिएको बताए ।
मेयर ऐरका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड ७ लाख र चालु आर्थिक वर्ष २०७६÷०७७ मा पनि एक करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘हामीले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि निजी शिक्षकलाई समेत रकम दिएका छौँ, ‘मेयर ऐरले भने, ‘बालबालिका पढाउने शिक्षक न्यून पारिश्रमिकमा काम गर्दै आएका थिए ।’ शिक्षा संरक्षण प्रर्बद्धन गर्नका लागि निजी शिक्षकलाई प्रोत्साहन गर्नका लागि उक्त रकम विनियोजन गरिएको मेयर ऐरले बताए ।
शिक्षकलाई शिक्षा अनुदान भनेर शुक्लाफाँटा नगरका ३२ विद्यालयमा उक्त रकम वितरण गरिने मेयर ऐरले बताए । ‘हामीले हरेक विद्यालयका रकम पठाँउछौँ, ‘मेयर ऐरले भने, ‘विद्यालयले आफैले उक्त रकम वितरण गर्छ ।’ मेयर ऐरले न्यून पारिश्रमिकमा काम गर्दै आएका बाल विकासका शिक्षिका र विद्यालय कर्मचारीका लागि समेत व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे । केन्द्रीय सरकारबाट उनीहरुलाई अन्र्तराष्ट्रिय श्रम ऐन अनुसार पनि पारिश्रमिक नदिएर श्रम शोषण भईरहेको सन्र्दभमा नगरपालिकाबाट उनीहरुको पीडा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
यसरी शुक्लाफाँटा नगरपालिकाले सामुदायिक विद्यालयका कार्यरत निजी शिक्षकका लागि बजेट दिएपछि न्यून पारिश्रमिकमा काम गर्दै आएका शिक्षकलाई राहत पुगेको छ । सरकारले दरबन्दी पनि नदिएपछि नगरका अधिकांस सामुदायिक विद्यालयमा निजी शिक्षक भर्ना गरेर विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ । निजी शिक्षक स्रोत संगठन कञ्चनपुरका अध्यक्ष भुपेन्द्र धामीले शुक्लाफाँटा नगरपालिकाले निजी शिक्षकका लागि गरेको कार्य सराहनीय भएको बताए ।
अध्यक्ष धामीले नगरपालिकाले धेरै राहत दिन नसकेपनि निजी शिक्षकको घाउमा मलम लगाउने काम गरेको टिप्पणी गरे । अध्यक्ष धामीका अनुसार नगरपालिबाट पठाएको उक्त रकम विद्यालयले तह अनुसार निजी शिक्षकलाई वितरण गर्दै आएका छन् । ‘कतै दामासाही छ, कतै तह अनुसार वितरण भईरहेको छ, ‘अध्यक्ष धामीले भने, ‘जे भएपनि शुक्लाफाँटा नगरपालिकाले निजी शिक्षकको पीडा सम्बोधन गरेको छ ।’ नगरपालिकाबाट आएको रकम कतै कुनै विद्यालयमा अनियमिता गरे, वा गरेको भए त्यसमाथी पनि निजी शिक्षक स्रोत संगठनले निगरानी गर्दै थप कार्बाही प्रकृया अघि बढाउने उनले बताए ।