कञ्चनपुरको वेदकोट नगरपालिकाले जनआन्दोलनका ५० जना शहिद सहित ७२ जनालाई सम्मान गरेको छ । २०६२÷६३ को जनआन्दोलनको बेला महत्वपुर्ण योगदान पु¥याउने व्यत्तित्व एंव जीवन आहुति दिने शहिदलाई नगरपालिकाले सम्मा गरेको हो । वेदकोट नगरपालिकाले संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नगरका जनआन्दोलनका ५० जना शहिदलाई मरोणोप्रान्त सम्मान गरेको हो भने अन्य २२ जनलाई जनआन्दोलन बेला शान्ति सुव्यवस्था कायम गर्नमा खेलेको भुमीकाको कदर गर्दै सम्मान गरेको हो ।
नेपालको संविधान पातलो होला तर तौल भारी छ : सभामुख थापा
सुदूरपश्चिम प्रदेश सरकारका सभामुख अर्जुन बहादुर थापाले नेपालको संविधान महत्पुर्ण रहेको बताएका छन् । वेदकोट नगरपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा बोल्दैँ सभामुख थापाले नेपाली जनताको हक अधिकार वर्तमान सविधानले सुनिश्चत गरेको बताए । उनले नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट संविधानको रुपमा चिनिएको नेपालको वर्तमान सविधानको विकल्प नभएको दावि गरे । साथै संविधानको पुर्ण कार्यान्वयनसँगै आवश्यकता अनुसार परिमार्जन गरि सबैलाई समेटेर लग्नु पर्ने उनले बताए ।साथै संविधानको पुर्ण कार्यान्वयनमा समय लाग्नु स्वाभाविक भएको उनको भनाई छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले संघियता संविधानको प्रतीक भएको बताए । उनले नेपालको संविधान २०७२ ले देशमा लामो समयपछि राज्य व्यवस्था प्रणाली पुर्ण रुपमा परिर्वतन भएर तीन तहका सरकार निर्माण हुुनु संविधानको महत्वपुर्ण पक्ष भएको बताए ।
‘संविधानमा टेकेर लामो संक्रमणकालिन राज्य व्यवस्था परिर्वतन भएको छ’ राज्यमन्त्री रावलले भने ‘संविधानले तीन तहका सरकारको परिकल्पना गरेको छ, साही अनुसार सरकार निर्माण भएर जनतालाई सरकारको अनुभुती हुने गरेर काम गर्ने अवसर दिएको छ’ उनले भने त्यस्तै प्रदेश सभा सदस्य लाल बहादुर खड्काले पनि संविधान अनुसार जनतालाई अनुभुति हुने गरि विकास गर्नमा आफुहरु प्रतिवद्ध रहेको बताए ।
नगर प्रमुख अशोक कुमार चन्दले जनआन्दोलनमा महत्पुर्ण योगदान पु¥याउने व्यत्तित्व एंव शहिदलाई सम्मान गरेको बताए । उनका अनसार सम्मानीत हुनेमा राजनितिक दलका नेता, पत्रकार र शहिद रहेका छन् । सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख अर्जुन बहादुर थापा प्रमुख अतिथि रहेको थिए भने विशिष्ठ अतिथि प्रदेश सरकारकै राज्यमन्त्री प्रकास रावल रहेको थिए ।
त्यस्तै कार्याक्रममा पुर्व संविधान सभाका सदस्य, प्रदेश सभा सदस्य लाल बहादुर खड्का, नेकपा कञ्चनपुरका अध्यक्ष विर बहादुर थापा, नेपाली कांग्रेसका पार्टी सभापति हरि प्रशाद बोहारा लगायत राजनितिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी एंम स्थानीयको सहभागीता रहेको थियो ।
जनआन्दोलनका क्रममा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्न सम्बन्धित निकायबाट सिफारिस गरिएका नामवाली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१. राजेन्द्र सिंह रावल
२. देवी लाल चौधरी
३. वीर बहादुर थापा
४. ईश्वरी प्रसाद खरेल
५. भक्त बहादुर अधिकारी
६. अमिन दहित
७. हिरा सार्की
नेपाली काँग्रेस
१. यज्ञ राज जोशी
२. गंगा दत्त जोशी
३. तनु राज पन्त
४. पदम बोगटी
५. कल्पना के.सी.
६. बहादुर सिंह थापा
७. भोज राज बोहरा
राष्ट्रिय जनमोर्चा नेपाल
१. लोकन्द्र लम्साल
२. जय बहादुर मल्ल
३. राम बहादुर कार्की
नेपाल पत्रकार महासंघ कञ्चनपुर
१. विष्णु अवस्थी
२. माधव सिंह धामी
३. खेम भण्डारी
४. युवराज घिमिरे
५. हरि प्रसाद जोशी
क्र.सं. शहिदको नाम
१. श्री मोहन बहादुर खडका
२. श्री अम्मर सिंह मल्ल
३. श्री रघुविर बोहरा
४. श्री राजेन्द्र प्रसाद भट्ट
५. श्री दुर्गा दत्त पनेरु
६. श्री बासु देव भट्ट
७. श्री कृष्ण दत्त भट्ट
८. श्री भोज राज पन्त
९. श्री मणि राज जोशी
१०. श्री पुरन सिंह साउद
११. श्री गंगा दत्त पन्त
१२. श्री खेम राज पनेरु
१३. श्री नरेन्द्र बहादुर बडु
१४. श्री प्रेम सिंह फर्सवान
१५. श्री रोविन डगौरा
१६. श्री मदन धामी
१७. श्री राजेन्द्र जोशी
१८. श्री वल बहादुर नाथ
१९. श्री टेक सिंह साउद
२०. श्री केशव दत्त जोशी
२१. श्री रंग नाथ भण्डारी
२२. श्री टेक बहादुर रावल
२३. श्री दिर्घ राज भण्डारी
२४. श्री सिद्धराज पाण्डेय
२५. श्री हर्के सार्की
२६. श्री हिक्मत सिंह विष्ट
२७. श्री गन्नु राना
२८. श्री धन बहादुर खत्री
२९. श्री जयन्ती जागरी
३०. श्री विसन सिंह कुंवर
३१. श्री शंकर दत्त जोशी
३२. श्री डम्मर सिंह फर्सवान
३३. श्री पदम राज भाट
३४. श्री मदन सिंह फर्सवान
३५. श्री मान बहादुर डगौरा
३६. श्री खुना चौधरी
३७. श्री पुष्पराज भट्ट
३८. श्री परदेशु चौधरी
३९. श्री शंकर दत्त भट्ट
४०. श्री कृष्ण नाथ
४१. श्री लोकेन्द्र चन्द
४२. श्री मोती सिंह साहु
४३. श्री कमला दयाल लुहार
४४. श्री राम दयाल लुहार
४५. श्री पार्वती चन्द
४६. श्री विरेन्द्र बहादुर चन्द
४७. श्री जय बहादुर बम
४८. श्री फुलमती चौधरी
४९. श्री लक्ष्मी देवी कठायता
५०. श्री हाफु राना
(सुदुरपश्चिम खबरबाट साभार)