मुकेश बहादुर पाल, दार्चुला, २० श्रावण । आर्थिक बर्ष २०७१÷०७२ देखी आव २०७५÷०७६ सम्मको ५ वर्षको अवधिमा दार्चुलामा सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक छ । उक्त अवधीमा भएका कुल १३ वटा सवारी दुर्घटनामा २ दर्जन बढी गम्भीर घाइते भएका छन । सबै भन्दा बढी गत आर्थिक वर्ष ०७५।७६ मा सबै भन्दा बढी ४ वटा सवारी दुर्घटनामा परि १५ जनाको एकै वर्षमा ज्यान गएको छ ।
गत फागनु १७ गते दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा राति भएको जिप दुर्घटनाका परी ११ जनाकोे मृत्यु भएको थियो भने एक घाइते भएका थिए । यो जिप दुर्घटना नै विगत ५ वर्ष यता कै सबै भन्दा बढी मानवीय क्षती भएको सडक दुर्घटना हो । यसै गरी आव वर्ष ०७१।०७२ आव ०७३।०७४ मा सबै भन्दा कम अर्थात एक एक सवारी दुर्घटनामा एक एक जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ ।
आर्थिक वर्ष ०७२।०७३ मा भने जिल्लाका विभिन्न ३ स्थानमा भएका तीन वटा सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको छ भने सबै भन्दा बढी १६ जना घाइते भएका छन । सो आवको अर्थात २०७२ साल असोज २६ गते महाकाली ३ सेलामा जिप दुर्घटना हुदा १ जनाको ज्यान गएको थियो भने महाकाली ५ मसिनी बालुवामा कार्तिक २४ गते भएको अर्को जिप दुर्घटनामा चालक सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक छ ।
यस्तै आर्थिक वर्ष ०७४।०७५ मा भएका छुट्टा छुट्टै तीन वटा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुुमाएका छन । छोटो दुरी तथा कम सवारी साधन गुड्ने सडकमा यति धेरै दुघटना हुनु दुःखदायी अवस्था भएको दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कठायतको भनाई छ । साथै उहाले सडकको अवस्था, चालकको लापर्वाही, वावरणीय प्रभाव तथा यात्रुहरुपमा जनचेतनाको अभावका कारण सवारी दुर्घटना हुने गरेको बताउनु भयो ।
पछिल्लो समय प्रहरीले चेकजाचमा कडाइ गरेको तथा सवारी दुर्घटनामा कमी आएको उहाको दावि छ । सवारी दुर्घटना न्यनीकरण गर्न अहिले बस ब्यवसायी समितिले पुराना गाडीलाई हटाउदै नया–नया मोडेलका गाडीहरुको ब्यवस्यापन गरी रहेको व्यवसायीहरुले बताएका छन ।
सडकको अवस्थामा सुधार, चालकमा अनुशासन, वावरणीय प्रभावमा सुधार, ट्राफिक चेकजाँचमा बृद्धि, प्रशासनिक सुधार तथा यात्रुहरुमा जनचेतनाको बिकास गर्न सके सवारी दुर्घटना न्यूनिकरण गर्न सकिने सरोकारवालाहरुको सुझाव छ ।