आजको सुचना प्रविधिको आधुनिक युगमा प्रविधिको उपयोग मार्फत कार्यालय बाट प्रदान गरिने सेवालाई गुणस्तरीय, जनमैत्री र प्रभावकारी बनाउन आवश्यक छ । यस बाट सेवा प्रवाहको समय र लागत घटने एवमं गुण्स्तर अभिबृदि हुन्छ । जनशक्तिलाई प्रशिक्षित गर्दै सेवाग्राहीको चेतना अभिबृदि र आधुनिक प्रविधिको उपयोग बढाउन सके सेवा प्रवाहमा देखीएका कमिकमजोरी, अनियमितता, त्रुटी घटने र समयमै सेवा वितरण हुने कुरामा कसैको दुईमत हुन सक्दैन । नेपाल विधुत प्राधिकरणले पनि समय संग संगै डिजिटल प्रविधिलाई आत्मसात गर्दै अनलाईन भुक्तानी, अनलाईन रिडिंग , सुचना एवंम जानकारीका साथसाथै ग्राहकलाई प्राधिकरण संग सम्बन्धित गुनासो, समस्या समेत डिजिटल माध्यम बाटै सामाधान गर्ने अभ्यास गरिरहेको छ ।
ने.वि.प्रा. सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्र्तगतका १२ वितरण केन्द्र मध्येको कान्छो यस बेलौरी वितरण केन्द्रले केही दिन यता ग्राहकहरुलाई परम्परागत प्रणली भन्दा केही फरक र नयां किसिमले सेवा दिने उद्धेश्यका साथ मिटर रिडिंगमा नौलौ अभ्यास गरिरहेको छ । रिडिंगलाई थप व्यवस्थित र त्रुटी रहित, नविनतम प्रविधिको प्रयोग गरेर कामलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ वितरण केन्द्रमा पूर्ण रुपमा लागु गर्ने गरी अनलाईन रिडिंग डिभाईस प्रयोगमा ल्याईएको छ । सेवाग्राहीलाई छिटो छरितो र गुण्स्तरीय सेवा प्रदान गर्ने हेतुले बैशाख १ गते देखी वितरण केन्द्रका सबै रिडिंग एरियामा पूर्ण रुपमा अनलाईन रिडिंग डिभाईसको माध्यम बाट मिटर रिडिंग हुने गरि अभ्यास भईरहेको छ ।
सु.प.मा धनगढी वितरण केन्द्र र महेन्द्रनगर वितरण केन्द्र अन्र्तगत केही सिमित एरियामा प्रयोग भईरहेको यो प्रविधिमा मिटर रिडरले मोबाईल जस्तो देखिने रिडिंग डिभाईसमा सर्भर बाट ग्राहकको विवरण डाउनलोड गर्दछ, अनि त्यही डाटाको आधारमा ग्राहकको घर सम्म पुगी मिटर रिडिंग गर्दछ । रिडिंग कार्य सम्पन्न भए पश्चात ग्राहकलाई डिभाईस बाट तत्काल प्रिन्ट भएको बिल दिई मिटर रिडरले रिडिंग गरेको डाटा सर्भरमा अपलोड गर्दछ, यस कार्यका लागी इन्टरनेट आवश्यक हुन्छ । मिटर रिडरले डाटा अपलोड गरिसकेको केही घण्टामै ग्राहकले अनलाईन माध्यमको प्रयोग गरी बिल तिर्न सक्दछन । हालसम्म रिडरले कार्यालय बाट बिल प्रिन्ट गरी एक प्रति ग्राहकलाई र अर्धकट्टी कार्यालयमा बुझाउने गर्दछन ।
अर्धकट्टी कार्यालयमा बुझाईसकेपछी सोको आधारमा विवरण अपलोड गर्न केही समय लाग्ने भएका कारण अनलाईन बाट तुरुन्तै भुक्तानी गर्न खोज्दा विल नदेखाउने र एक दुई दिन कुर्नुपर्ने हुन्छ । अब माथि उल्लेखित सबै कार्य अनलाईन मार्फत हुने भएकोले समयमै अनलाईन विल तिर्न अझै सहजता हुन्छ । रिडरहरुको तर्फ बाट हुन सक्ने त्रुटीलाई कम गर्न, अनलाईन भुक्तानीमा सहजता प्रदान गर्न, बिधुत महशुल तिर्न मात्रै कार्यालय धाउनुपर्ने वाध्यताको अन्त्य गर्न र बेल्डांडी, लालझाडी लगायतका महशुल संकलन काउन्टर बाट दुरीका हिसाबले टाढा रहेका ग्राहकहरुलाई अनलाईन माध्यमको प्रयोग गरी महशुल भुक्तानी गर्न सहजता र छिटो सेवा प्रदान होस भन्ने हेतुले रिडिंग डिभाईस प्रयोगमा ल्याउन लागिएको हो ।
अन्त्यमा, सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद केही फरक र नयां किसिमले सेवा दिने कार्यमा सधै प्रयत्नरत रहेको कुरा सबैमा सर्बबिदितै छ । सेवालाई अझ थप प्रभावकारी र फलदायी बनाउन सबैको सकारात्मक र रचनात्मक सुझाव तथा हौसलाको बेलौरी वितरण केन्द्र सधैं अपेक्षा गर्दछ । धन्यवाद !
धर्मेन्द्र कुमार जोशी
सि.मि.रि., बेलौरी वितरण केन्द्र, ने.वि.प्रा.