किशोर तामाङ, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास आई.बी.आरडीमा प्रभु बैँकको १७९ औ शाखा कार्यालय सञ्चालनमा आएको छ । प्रभु बैक प्रदेश नं. ,५ ६ ७ का प्रमुख ब्यापार अधिकृत सुनिल रानाको सभापत्तिव र पुनर्वास नगर प्रमुख जीवनराज थापाको प्रमुख अतिथ्यिमा एक कार्यक्रमका बिच उदघाटन गरिएको थियो ।
यसरीनै आजको यस शाखा बिस्तार उद्यघाटन समहारोहमा अतिथिमा उद्योगी,ब्यपारी शिक्षक तथा बुद्धिजिवी हरुका साथै बजारवासीहरुको उल्ल्ेखनिय उपस्थिति रहेको थियो । उपस्थित अतिथिगण का माझ प्रभु बैँकको १७९ औ शाखा कार्यालय नगर प्रमुख जिवन राज थापा द्धारा रिबन काटेर कार्यालयको उदघाटन गरेका हुन।
अतिथिको आसन बाट बोल्दै उद्योग वणिज्य शाखा पुनर्वासका अध्यक्ष कृष्ण तामाङ, बैकले लागनी गर्दा स्थलगत अनुगमन गरि कर्जा प्रवाह गर्न सुझाएका छन । सुदूरपश्चिम ईटृा ब्यवासयीका अध्यक्ष बिरबल बिश्वकर्माले ग्रामिण क्षेत्रमा बैकहरु आउनु निकैनै सर्हा्निय कुरो हो । यसले अति न्यून आय भएका नेपाली जनतामा बचत गर्ने बनी बस्ने र हरेक साना तथा ठ्ला ब्यवसायी माझ प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ पुग्ने बताउनु भयो ।
प्रमुख अतिथिको आसान बाट बोल्दै नगर प्रमुखले भने प्रभु बैक यस पुनर्वासमा आएकोमा आफु खुशी भएको र नगरवासीहरु यस बैकको स्थापनाले प्रत्यक्ष लभावित हुनेमा आफु बिश्वास्त रहेको बताउनु भयो ।स्थानिय ब्यक्तिहरुको आवश्यकता र
कृषिमा सहुलियत ब्याज दरमा कर्जा प्रभाह गर्न सुझाएका छन ।
नेपाल भरी फैलिएर रहेको प्रभु बैँक नेपाल राष्ट्र बैँकबाट ईजाजत प्राप्त क बर्गको बैँक हो। पुनर्वासमा स्थापित यस प्रभु बैँक १७९ औ शाखा कार्यालय हो भने सुदूरपश्चिमका लागि सातौ शाखा हो । बैँकले सेवाग्राहीलाई सहुलियत दरमा कर्जा लगानी गर्ने र बचतमा आकर्षक ब्याज समेत दिईने प्रभु बैँकको सुदुरपश्चिम प्रदेशका ईन्चार्ज नन्दराज जोशीले बताए।
यस बैक ले हरेक ब्यक्ति ,ब्यवसायीहरु संग समन्वयन गर्दै कृषि ,शिक्षा ,लागुबित्त, आवास र श्रोत साधनमा प्रचलित नेपाल राष्ट्र बैकको प्रचलित नियामको पवरिधिमा रही लगानी गर्ने बताउनुहुन्छ प्रभु बैक प्रदेश नं. ,५ ६ ७ का प्रमुख ब्यापार अधिकृत सुनिल राना । पुनर्वास नगरपालिका वार्ड नम्बर ३ आ.बि.आर.डी बजारमा रहेको आफ्नै कार्यालयमा अाज औपचारिक कार्यक्रममा गौरव शर्माको ब्यवस्थापनमा बैँकले आजै देखि सेवा सुचारु गरेको बैँकले जनाएको छ।