हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको बेलौरीमा पालिका स्तरीय बहुसरोकारवाल मञ्च गठन गरिएको छ । बेलौरी उद्योग वाणिज्य संघको सभा हलमा बुधबार आयोजित उत्थान तथा सफल परियोजनाको परिचयात्मक तथा पालिका स्तरीय बहुसरोकार मञ्चसँगको अन्तरकृया कार्यक्रमका बीच बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा बुधबार उक्त मञ्च गठन गरिएको हो । स्थानीय सरकार, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न सञ्जाल र अन्य सरोकारवालाहरु एउटै मञ्चमा बसेर नियमित रुपमा आआफुले गरेका कार्यहरुको प्रगति तथा सिकाई अनुभव आदानप्रदान गर्ने र गरिएका कार्यक्रम तथा क्रियाकलापहरुबाट लक्षित वर्गमा के कस्तो सकरात्मक परिवर्तन आयो भनि छलफल गर्ने थलोका रुपमा बहुसरोकारवाल मञ्च रहने बताइएको छ । महिला, दलित, जनजाति, विपन्न तथा सिमान्तकृत समुदायका लागि के कस्तो नीति, योजना तथा कार्यक्रमको आवश्यकता छ र यसका लागि के कसरी सहकार्य गरी काम गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल, वहस, अन्तरकृया गरी समन्वय तथा सहकार्य गरेर उपयुक्त प्रतिफल ल्याउन सघाउने काम बहुसरोकारवाल मञ्चले गर्न सक्ने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले अपेक्षा गर्नुभयो ।
नागरिक समाजका प्रतिनिधि (समुह संजाल, संघ संस्था), स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, अन्य सरोकारवालाहरुका प्रमुख तथा प्रतिनिधिहरु बीचको सम्बन्धलाई सुदृढ बनाउँदै स्थानीय सरकारको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी बनाई स्थानीय स्तरको सुशासन प्रवद्र्धनमा सहयोग पु¥याउन बहुसरोकारवाला मञ्चको आवश्यकता महशुस गरिएको हो । स्थानीय तहमा गैरसरकारी संघसंस्थाहरुले गर्ने कार्य सम्पादन र योजनाहरुको अनुगमन र निरीक्षण गरी आवश्यक सहजीकरणमा यसले मद्दत पुर्याउने बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलको भनाइ छ । स्थानीय सरकारको नीति, सेवा प्रवाहमा सहजता, विपन्न, सिमान्तकृत तथा गरीब लक्षित नीति, निर्देशिका तथा कानुनहरु निर्माणका लागि सरोकारवालहरु बीच समन्वय तथा सहकार्य बढाउन पनि यसले काम गर्ने छ । मञ्चले सरोकारवालाहरु बीच एकअर्काको अनुभव तथा सिकाई आदान प्रदान तथा छलफलको लागि फोरम निर्माण गर्ने छ भने पालिका पालिका बीच मात्र नभएर प्रदेश सरकार, स्थानीय सरकार र नागरिक समाज बीच समन्वयात्मक छलफलबाट आवश्यकतामा आधारित विकास नीति, योजना तथा कार्यक्रम निमार्णको लागि पनि स्थानीय सरकार तथा प्रदेश सरकारका बीचको अन्तरकृया तथा सहकार्यमा समेत पहल तथा सहयोग पुग्ने अपेक्षा छ ।
संघसंस्थाहरुले संचालन गर्ने कार्यक्रमहरुमा हुनसक्ने दोहोरोपना हटाउन सरोकारवालहरु बीच निरन्तर अन्तरकृया, समन्वय तथा सहकार्य गर्न अवसर पनि प्रदान गर्ने भएकोले उत्थान तथा सफल परियोजना संचालन भएका प्रत्येक पालिका स्तर र जिल्ला तहमा बहुसरोकारवाला मञ्चलाई अथवा जिल्ला परियोजना सल्लाहकार समिति संस्थागत गरी परिचालन गर्न आवश्यक देखिएको उत्थान तथा सफल परियोजनाका कार्यक्रम संयोजक विनोद विक्रम जैरुले बताउनु भयो । उहाँका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग, डिसिएको व्यवस्थापन सहयोगमा एनएनएसडब्ल्युए कञ्चनपुरद्वारा संचालित उत्थान तथा सफल परियोजना कञ्चनपुर जिल्लाका २ पालिकाहरु (बेलौरी नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ तथा लालझाडी गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६) मा सञ्चालन भइरहेको छ । सुशासन प्रवद्र्धनका लागि स्थानीय शासन प्रक्रियामा नागरिकहरुको अर्थपुर्ण सहभागिता वृद्धि गर्नु यस परियोजनाको समग्र उद्देश्य रहेको उहाँको भनाइ छ । यस परियोजना अन्तर्गत स्थानीय तहको निर्णय प्रकृयामा नागरिकहरुको अर्थपुर्ण सहभागिता वृद्धिका लागि जिल्ला तह तथा पालिका स्तरमा बहुसरोकावाला मञ्च गठन गर्ने गरिएको छ ।
बहुसरोकारवाला मञ्च गठनकोे उद्धेश्यहरु
स्थानीय सरकारको शासन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिता बृद्धि, सुशासन तथा सामाजिक जवाफ देहिता प्रवद्र्धनका लागि सरोकारवालहरु बीच समन्वय तथा सहकार्य गर्ने ।
स्थानीय सरकार, नागरिक समाज, र अन्य सरोकारवालहरु बीचको सम्बन्धलाई सृदृढ गरि गरिव तथा सिमान्तकृत समुदाय लक्षित नीति कार्यक्रम तथा योजना निर्माणका लागि सरोकारवालहरु बीच समन्वय तथा सहकार्य गर्ने ।
सरोकारवालहरु बीच सिकाई अनुभव आदान प्रदान गर्दै राम्रा अभ्यासहरुलाई आआफ्नो कार्यक्रम तथा योजनाहरुमा समावेश गर्दैजाने ।
सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रममा साझेदारी तथा सहकार्यको खोजी गर्ने ।
सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रममा बीच दोहोरोपन घटाउने ।
मञ्चको गठन
नगरपालिकाका वा गाउँपालिकाको प्रमुख÷अध्यक्षको अध्यक्षतामा पालिका स्तरीय बहुसरोकारवाला मञ्च गठन हुनेछ भने जिल्ला तहमा जिल्ला समन्वय समितीका प्रमुखको संयोजकत्वमा बहुसरोकारवाला मञ्च गठन गरिनेछ अथवा जिल्ला परियोजना सल्लाहकार समितिलाइ मान्यता दिने छ । यस मञ्चमा सम्बन्धित पालिका अन्र्तगतका वडाका वडा अध्यक्ष, पालिका स्तरका विषयगत निकायका प्रमुख, सामाजिक संघसस्थाका प्रतिनिधिहरु, नागरिक समाज संस्थाकोे संजाल प्रतिनिधि (दलित संजाल, महिला संजाल), गैसस महासंघका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि सदस्य रहनेछन् ।
पालिका स्तरीय बहुसरोकारवाला मञ्च
क) गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुख ..................................................संयोजक
ख) गाउँपालिका उपाअध्यक्ष वा नगरपालिका उपप्रमुख...........................................सदस्य
ग) पालिका स्तरका वडा अध्यक्ष......................................................................सदस्य
घ) पालिका स्तरका विषयगत समिति प्रमुख........................................................सदस्य
ङ) गैसस महासंघका प्रमुख वा प्रतिनिधि............................................................सदस्य
च) पालिका स्तरमा काम गरिरहेका राष्ट्रिय÷अन्तराष्ट्रिय÷जिल्ला स्तरीय संघसंस्थाका प्रतिनिधि...सदस्य
छ) पत्रकार महासंघका प्रमुख÷प्रतिनिधि वा पालिका स्तरका पत्रकार...........................सदस्य
झ) पालिका स्तरीय दलित संजाल प्रतिनिधि.........................................................सदस्य
ञ) पालिका स्तरीय महिला संजाल प्रतिनिधि.........................................................सदस्य
ट) पालिका स्तरिय यूवा संजाल प्रतिनिधि............................................................सदस्य
ठ) पालिका स्तरीय अन्य नागरिक समाज संस्थाका संजाल प्रतिनिधि...........................सदस्य
ड) प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास अधिकृत.....................................सदस्य सचिव
बहुसरोकारवाला मञ्चको बैठक
यस मञ्चकोे बैठक सामन्यतया चौमासिक रुपमा हुनेगरि वर्षमा कम्तिमा तीन पटक संचालन हुनेछ । मञ्चको बैैठक संचालनमा परियोजना अवधी सम्म सफल तथा उत्थान परियोजनाले सहजीकरण गरेता पनि बैठकको आयोजना भने सम्वन्धित पालिकाले गर्नेछ । सफल तथा उत्थान परियोजना अवधि सम्ममा यस मंञ्च गठन लगायत मञ्चको नियमित बैठकको सम्पुर्ण बैठक खर्चहरु परियोजनाले नै व्यहोर्नेछ । यस मञ्चलाई संस्थागत गर्न सम्वन्धित पालिकाले बहुसरोकारवाला मञ्च बैठक सम्वन्धि छुटै कार्यविधि बनाएर यस मञ्चलाई संस्थागत गर्नु पर्नेेछ ।
बहुसरोकारवाला मञ्चको मुख्य कार्यक्षेत्रहरु
स्थानीय तह सरकारको नीति योजना तथा कार्यक्रम तर्जुमा र योजना अनुगमनमा नागरिक सहभागिता बृद्धि गर्न सरोकारवालहरु बीच अन्तरकृया, समन्वय तथा सहकार्य बढाउने ।
सरोकारवालाहरुसंगको समन्वय र सहकार्य मार्फत कार्यक्रमहरुमा देखिने दोहोरोपनामा कमिल्याउन गर्न पहल गर्ने ।
लक्षित वर्गको आवश्यकतामा आधारित योजना तथा कार्यक्रम बनाइ प्रभावकारी रुपमा कार्यक्रमहरु संचालन गर्न सरोकारवालहरु बीच अन्तरक्रिया, समिक्षा जस्ता कार्यक्रमहरुको आयोजना गर्ने ।
नागरिक सचेतना अभिबृद्धिका लागि सरोकारवालाहरु बीच सहकार्य समन्वय गर्ने
भएका नीति नियमलाई प्रभावकारी रुपममा कार्यान्वयन गर्न र स्थानीय आवश्यकता र प्राथमिकता सम्वोधनका लागि बनाउनु पर्ने नीति, कार्यक्रम तथा योजनाका बारेमा सरोकारवालहरु बीच छलफल तथा अन्तरकृया गर्ने ।
गाउँपालिका÷नगरपालिका तथा वडा समितिको भूमिका
पालिका स्तरमा काम गर्ने संघसंस्था, नागरिक समाज संस्था तथा संजालहरुको नाम सूचिकृत गर्ने
बहुसरोकारवाला मञ्च संचालन निर्देशिका जारी गरि बैठककोे आयोजना गर्ने, व्यवस्थापन गर्ने
बैठकमा भएका निर्णयहरुको प्रमाणीकरण गर्ने, अभिलेख राख्ने ।
पालिका स्तरबाट भएका र अन्य नागरिक समाज संघसंस्थाहरुको कार्यबाट भएका सकारात्मक कार्यहरु, समस्या एवं सिकाई अनुभव आदान प्रदान गर्ने वातावरण बनाउने ।
बैठकबाट भएका सकारात्मक सिकाई तथा परिवर्तनलाई आ–आफनो पालिका तथा वडासमितिहरुमा अनुसरण गर्न योजना बनाई कार्यान्वयन गर्नमा पहल गर्ने ।
स्थानीय सरकारका नीति निर्देशिका र कार्यविधिहरु कार्यान्वयनमा देखापरेका समस्या, नागरिकहरुले सार्वजनिक रुपमा उठाएका सवालहरुमा वहस र छलफल गरि समाधानको बाटो खोजी गर्ने ।
सफल तथा उत्थान परियोजना (एनएनएसडब्ल्युए) को भूमिका
मञ्च गठन तथा बैठक संचालनमा सहजिकरण गर्ने ।
परियोजना अवधी सम्म बैठक संचालनको खर्च व्यहोर्ने ।
बैठकको प्रतिवेदन तयार गरि सम्वन्धित निकायमा पेश गर्ने ।
मञ्चसंग नियमित समन्वय र सहकार्य गर्ने ।
पालिका स्तरमा काम गरिरहेका अन्य संघसस्था, नागरिक समाज संस्थाका संजालहरुको भूमिका
पालिका स्तरमा आफ्नो संस्थाले गरिरहेका कामहरु तथा आगामि योजनाहरुका साथै काम गर्दा आइपरेका समस्या तथा सिकाईहरुको अनुभव सहित बैठकमा सहभागिता जनाउने ।
नागरिक समाज तथा स्थानीय तह सरकारले गर्ने कार्यहरुमा दोहोरोपना आउन नदिन विभिन्न उपायहरुकोे खोजि गर्ने ।
सार्वजनिक चासोका विषयहरु छलफलको विषय बनाउने ।
नीति निर्माण तथा योजना तर्जुमामा नागरिकहरुको सहभागिता तथा स्थानीय तह सरकारले दिने सेवा सुविधामा विपन्न तथा सिमान्तकृत संग समन्वय सहकार्य गर्ने ।
आफनो क्षेत्रमा देखिएका सकारात्मक परिवर्तनको अनुभव आदान प्रदान गर्ने ।
अन्य सरोकारवालहरुको भूमिका
विपन्न तथा सिमान्तकृत समुदायको विकासका लागि नागरिक समाज तथा पालिकाले संचालन गरिरहेका कार्यक्रम तथा योजनालाई अझ प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने ।
लक्षित वर्गका लागि स्थानीय तह सरकारले बनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा सल्लाह सुझाव दिने ।
आफनो क्षेत्रमा देखिएका सकारात्मक परिवर्तनको अनुभव आदान प्रदान गर्ने ।
बहुसरोकारवाला मञ्चको निरन्तरता (दिगोपना)
आम नागरिक प्रति स्थानीय सरकार, नागरिक समाज संस्था, जनप्रतिनिधिहरुको जवाफदेहि र उत्तरदायि भूमिकामा बृद्धि गर्न र स्थानीय सरकारको कार्यमा सुधार गर्दै सुशासनको प्रत्याभूतिको लागि मञ्चको निरन्तरता आवश्यक छ । यस मञ्चले स्थानीय सरकारको कार्यमा सुधार मात्रै नभई यसले नागरिक समाज संस्था, संघसंस्था र आम नागरिकहरु समेत स्थानीय सरकारको निर्णय प्रकृयामा सहभागि हुने अवसर दिने भएकोले पनि यसको निरन्तरता अति आवश्यक छ । यसर्थ यस मञ्चको गठन तथा संचालन हाल सफल तथा उत्थान परियोजनाको पहलमा संचालन हुने भएता पनि आगामी दिनहरुमा सम्बन्धित पालिकाले मञ्चको बैठकलाई निरन्तरता दिन र यसको दिगोपनाका लागि छुटै बैठक संचालन निर्देशिका बनाई संस्थागत रुपमा अगाडी बढाउने छ ।