बासु लामिछानेको अध्यक्षतामा गठन गरिएको निर्वाचन समितिले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको थियो । संस्थाका निवर्तमान अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक सदस्य मुना पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यसमितिको तर्फबाट समिरनाथ प्याकुरेलले मन्तब्य राखेको उक्त कार्यक्रममा सचिव चुरामणि रेग्मीले कार्यकाल भरि गरेका विभिन्न गतिविधिहरु सहितको प्रगतिविरण तथा कोषाध्यक्ष ऋषि खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । हाल संस्था संग संकलित र कवुल गरिएको गरी जम्माजम्मी ९ हजार ६८ पाउण्ड रकम रहेको कोषाध्यक्षले जानकारी दिए । सो अवसरमा च्यारिटी विभागका संयोजक लेखनाथ घिमिरेले संस्थाकोे विधान संशोधनसम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै सदस्य समिरनाथ प्याकुरेलले वातावरण र वन्यजन्तु संरक्षणलाई पनि संस्थाको उद्धेश्यमा राख्न प्रस्ताव गरे । नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर शुरु गरिएको कार्यक्रममा संस्ंथाका निवर्तमान अध्यक्ष मिलन घिमिरेले संस्था १० वर्ष पुगेको अवसरमा सहयोगीहरुप्रति आभार व्यक्त गर्दै हालसम्मको कार्यकालमा साथ दिने सबैलाई धन्यवाद दिए । सो अवसरमा निवर्तमान अध्यक्ष मिलन घिमिरे, पूर्व संयोजकहरु कमल पौडेल, गंगा राना, संस्थाकी सक्रिय सदस्य भगवती रानाभाट लगायतले मन्तब्य व्यक्त गरेका थिए । बेलायतमा च्यारिटीको रुपमा दर्ता भएका यस संस्थाले नेपालीहरुको हकहित र समुदायको उत्थानको निम्ती निरन्तररुपमा काम गर्दै आएको छ ।
सदस्यता वृद्धिको एजेन्डा
संयोजकमा निर्वाचित भएपछि लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै ओझाले संस्थालाई दिगो रुपमा बलियो बनाउने गरी सदस्यता वृद्धि गर्ने अभियानमा लाग्ने बताएका छन् । ‘कुनै पनि च्यारीटि संस्थाको बल भनेको संस्थाका सदस्य हुन’, उनले भने, ‘अब आउने तीन बर्षको कार्यकालमा संस्थाका सदस्यता वृद्धिमा नयाँ उचाई कायम गर्नेछु’ । उनले संस्थामा हुने हरेक गतिविधिहरु सदस्य केन्द्रीत हुने भन्दै उनले यहीका सदस्यहरुलाई बढी भन्दा बढी लाभान्वित हुने गरी काम गर्ने बताए । ‘केही प्रतिशत नेपालमा पनि लगानी गर्नेछौँ, नेपाललाई बिर्सने छैनौँ’, उनले भने, ‘विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुबाट फन्ड मागेर संस्थालाई बलियो बनाउने अभियानमा लाग्नेछु, सदस्यहरुबाट मात्रै पैसा उठाउने भन्दा पनि दिगो रुपमा फन्ड बनाउने सोच मेरो छ।’
#Londonnepalnews