मोहन बिष्ट, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग अन्र्तरगत बल्मा नदीमा चार बर्षमा चार मात्रै पिलर निर्माण भएका छन् । हुलाकी राजमार्ग अन्र्तरगत दैजी देखि बेलडाँडी सडकखण्डको बल्मा नदीमा चार बर्षमा चार मात्रै पिलर निर्माण भएका हुन् । ठेकेदार कम्पनीको लार्पबाहीका कारण निर्माणको म्याद सकिएको पाँच महिनासम्म पनि पुल बनेको छैन ।
आर्थिक बर्ष २०७२÷०७३ पुष २७ देखि शुरु भएको कामको म्याद गत आर्थिक बर्ष २०७४÷०७५को पुष २६गते काम सक्नुपर्नेभएपनि निर्माण कम्पनीले चालु आर्थिक बर्ष २०७५÷०७६को बैशाखसम्मका पनि काम सकेको छैन् । दोस्रो पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले चार बर्षमा चार पिलर मात्रै निर्माण गरेको छ । कम्पनीले ०७४ पुष २६ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, सम्झौता सकियो, अहिलेसम्म पनि पुल नबन्दा फेरी पनि दक्षिणी क्षेत्रका जनतालाई दैनिक आवत जावतमा समस्या भएको छ ।
पुल बन्न थालेपछि हर्षित भएका दक्षिणी क्षेत्रका स्थानीय निर्माण कार्य ढिलाई हुँदा निरास भएका छन् । बेल्डाँडीका स्थानीय दिनेश ठकुराठीले सरकारले जनतालाई विकास दिन नसकेको बताए । ‘सरकारले ठेक्का दिन्छ, ठेक्का सम्झौता अनुसार काम हुँदैन्, ‘उनले भने, ‘सबैतिर कमिसन वितरण गर्नुपर्छ, निर्माणको काम आफै ढिलासुस्ती भयो ।’ बर्षातका नदी आएका बेला आवत जावत पनि ठप्प हुने गरेको बताउदै उनले आउँनै लागेको बर्षातमा पनि समस्या हुने उनको चिन्ता छ ।
ठेकेदार र सरकारी निकायको लार्पबाहीका कारण निर्माणको काम ढिलाई भएको उनको भनाई छ । निर्माण शुरु गरेपछि विचविचमा निर्माण कम्पनीले काम नगरेको स्थानीयको गुनासो छ । निर्माण कम्पनी र सडक डिभिजन कार्यालय महेन्द्रनगरवीच २०७२ पुष २७ गतेदेखि निर्माणको काम शुरु गरि २०७४ पुष २५ गतेसम्म पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । ९७ मिटर लम्बाई ११ मिटर चौडाईको पुल निर्माणका लागि ८ करोड, ४७ लाख बराबर लगायतको स्टेमेट गरिएपनि निर्माण कम्पनीले ६ करोड, ८० लाख रुपैयामा सम्झौता गरेको छ । निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा म्याद थप गरिएको छ । सडक डिभिजन कार्यालयले निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेको जनाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर पुर्व सव–ईन्जिनियर धनदेव जोशीले जगको पुरा काम सम्पन्न भएको बताएका थिए । उनका अनुसार पिल्लर खडा गरिएका छन्, एक गोलो पिलर उठाउन र पिल्लर खडा गरिसंगै छत र ¥यालीङ्ग गर्न मात्रै बाँकी थियो । पुलको डिजायन परिर्वतन भएका कारण पनि निर्माण काम अलि ढिलाई भएको उनले बताए । ‘शुरुको म्याद सकिएपछि ६ महिना स्वत म्याद थप हुन्छ, ‘उनले भने, ‘हामीले निर्माण कम्पनीसंग असार भित्रै निर्माण गरिसक्न निर्देशन दिएका छौँ ।’ सडक डिभिजन कार्यालयका अनुसार उक्त निर्माण कम्पनीका अन्यन्त्र ठाउँमा पनि ठेक्का भएका कारण यहाँ भन्दा बाहिर बढि समय दिएकाले निर्माण कार्यमा ढिलाई भएको छ । एमएसकेएस एडभेन्चर नन्देगडा जेभीका संचालक धुव्र कुँवरले पुल निर्माणको काम तिव्र रुपमा अघि बढेको बताएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ६ महिना काम रोकेको बताउदै उनले नाकाबन्दी, पुलको डिजायन परिर्वतन अनुसार काम गर्दा ढिलाई भएको बताए । ‘पुलको डिजायन परिर्वतन भयो, पहिले नभएका टेष्ट गर्नुप¥यो, ‘उनले भने, ‘पानीको पनि टेष्ट गर्नुप¥यो ।’ कार्यालयबाट काम अनुुसार भुक्तानी नपाएको गुनासो पोख्दै कुँवरले भुक्तानी अनुसार काम गर्ने बताए । बषौँदेखि पुलको अभाव खेप्दै आएका स्थानीयले भने जनताको विकास निर्माणमा वेवास्ता नगर्न समेत आग्रह गरेका छन् । सबै निकायले जिम्मेबारीपुवर्क कर्तव्य निर्बाह गर्नुपर्नेमा स्थानीयले जोडदिएका छन् । राज्यबाट जनताका लागि विनियोजित सेवा सुविधामा दोहन नगर्न समेत आग्रह गरेका छन् । पुल निर्माणमा काम काट्ने तरिकाले कमसल गुणस्तरहिन काम गरेर त्यसका बिरुद्धमा अख्तियार धाउने लगाउने कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
स्थानीयले दैजी–बेल्डाँडी सडखण्ड अन्र्तरगत हात्तीखड्डामा समेत पुल निर्माण गर्न माग गर्दै आएका कच्ची र दुई ठाँउमा पुल नभएका कारण दक्षिणी क्षेत्रका जनताले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । हिँउदमा धुलाम्मे, बर्षातमा हिलाम्मे सडकले समग्र दक्षिणी क्षेत्रका जनताको दैनिक जिवनस्तरमा असर पु¥याउनका साथै कञ्चनपुरको विकास निर्माणमा समेत बाधा उत्पन्न गरेको छ । बर्षात आउँन दुई महिना मात्र बाँकी रहदा समेत निर्माण कम्पनीको लार्पबाहीले पुलले निरन्तरता पाएको छैन् । सो पुल लगायत कञ्चनपुरका दर्जनौँ पुल निर्माण भएका छैनन् ।