कञ्चनपुर, २० मंसिर । साझा युवा संगठन लालझाडीको संयोजकमा राम धिरज राना चयन भएका छन् । संगठनले शनिबार विजय मण्डली, कञ्जमा आयोजना गरेको एक कार्यक्रमका बीच रानालाई संयोजकमा चयन गरेको हो ।
यस्तै, रानाको संयोजकत्वमा १७ सदस्यीय गाउँ समिति समेत घोषणा गरिएको साझा युवा संगठन सुदूरपश्चिम प्रदेश संयोजक रोहित चन्दले जानकारी दिए । गाउँ समिति सदस्यहरुमा जानकी राना, चक्र रावत, गाेपी राना, दिनेश पन्त, लिना बडायक, मनाेज चौधरी, सुरेन्द्र सिंह बडायक, कृष्ण राना, नैन सिंह राना, प्रकाश सार्की, राम आसरे राना, श्रवण राना , माेहन सिंह राना, तीर्थ सिंह बडायक , दयालु राना र रामविलास राना रहेका छन् ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको बताइएको छ । उर्जा, ईमान र क्षमता भएका युवाहरू समेटेर बनाइएको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको प्रदेश संयोजक चन्दको दाबी छ ।