काठमाण्डौँ, २२ बैशाख । किर्तिपुर स्थित टियु मैदानमा जारी मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा प्रदेश न २ र सुदुरपश्चिम बिजयी भएका छन ।
पहिलो खेल : प्रदेश न २ र ५
टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेश न २ ले २७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । परसुराम यादबले २७ बलमा १४, बि पटेलले ५७ बलमा ३९, प्रसान्त सिंहले ३८ बलमा ४०* रन बनाएका थिए । प्रदेश न ५ का लागि अभिसेक गौतम ४, विशाल बिक्रम केसी ३, रमेस कुर्मी २ र मकबुल राइले १ विकेट लिएका थिए । लक्ष पछ्याएको प्रदेश न ५ को लागि विशाल बिक्रम केसीले ५१ बलमा २९, सुसान्त थापाले ३३ बलमा १३, सन्देस पान्डेले २३ बलमा २२, अभिषेक गौतमले २३ बलमा १७ रन बनाएतापनी २७.४ ओभरमा अल आउट हुँदै ९८ रनमा समेटिएपछी १६ रनले पराजित रह्यो । प्रदेश न २ का लागि अरबाज अन्सारिले २, बयेस यादब, निखिल सिंह, फते सिद्दिक र प्रसान्त सिंहले समान १/१ विकेट लिएका थिए । प्रदेश न २ का प्रसान्त सिंह प्लेयर अफ द म्याच भएका थिए ।
दोश्रो खेल : प्रदेश न ३ र सुदुरपस्चिम
सुरुमा ब्याटिङ गरेको प्रदेश न ३ ले २७.५ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो । बिपिन बिक्रम साहिले १६ बलमा १६, सम्राट भुसालले ५६ बलमा २७, कृस कार्किले ४४ बलमा ४६ रन बनाएका थिए । सुदुरपश्चिमका लागि सन्देस भट्ट र आशिष भट्टले समान ३/३ विकेट, बर्लिन गिरिले २, गोबिन्द बिस्ट र सचिन बडायकले समान १/१ विकेट लिएका थिए । सुदुरपश्चिमका लागि अरुण महराले ५९ बलमा ३६, सुवास ऎर ६४ बलमा ६१*, सन्देस भट्ट ११ बलमा १५* रन बनाएपछी मात्र २ विकेट गुमाउदै २६.२ ओभरमा १३२ रन बनाउदा ८ विकेटको जित हात पार्यो । प्रदेश न ३ का लागि तिलक भन्डारी र दिपक बोहराले समान १/१ विकेट लिएका थिए । सुदुरपश्चिमका सुबास ऎर प्लेयर अफ द म्याच घोसित भएका थिए ।
प्रतियोगिता अन्तर्गत ग्रुप ए अन्तर्गत सुदुरपश्चिम ग्रुपको शीर्ष स्थानमा र प्रदेश न ३ दोश्रो स्थानमा रहदै सेमिफाइनल प्रवेश गरे भने ग्रुप बिमा प्रदेश न २ ग्रुप बिजेता र प्रदेश न १ उपबिजेता हुँदै सेमिफाइनल प्रवेश गरे ।
#क्रिकेट हिमालय