हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ कार्तिक । कञ्चनपुरको लालझाडीमा दोँदा नदि कटान नियन्त्रण तथा तटबन्ध गर्नका लागि संघर्ष समिति गठन गरिएको छ । लामो समय देखि तीब्र कटान गरिरहेको दोँदा नदिमा तटबन्ध निर्माणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले निरन्तर पहल गर्दा समेत उपलब्धी नदेखिएकोले संघर्ष समिति गठन गर्नु परेको लालझाडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष टिकाराम डगौँराले बताउनु भयो ।
पछिल्लो एक दशक यता मात्रै पनि दोँदा नदि कटानीलाई रोकथाम गर्नका लागि करीब एक सय घरपरिवार विस्थापित भइसकेका छन् । त्यस्तै, दक्षिणी क्षेत्र समेत अझै जोखिममा रहेकोले जनसमुदाय र राजनीतिक दलका प्रतिनिधिहरुसंग बसी रमेश चौधरीको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको छ ।
उक्त समितिको उपाध्यक्षमा बल बहादुर केसी, सचिवमा राम प्यारा चौधरी र कोषाध्यक्षमा मेघनाथ रानालाई चयन गरिएको छ । रामसिंह चौधरी, जनक सिंह, मान सिंह साउँद, विश्राम चौधरी, दुर्गा दत्त जोशी, नारायण राना, हिमाल सिंह खत्री, प्रेमलाल चौधरी र महेश चौधरी सदस्य रहेका छन् ।
सोही भेलाले डिठ्ठा रानाको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको बताइएको छ । सल्लाहकार समितिको सदस्यहरुमा शंकर सिंह खत्री, बलराम राना, भागुराम चौधरी, झाग्गु प्रसाद चौधरी, रामचन्द्र चौधरी र गोविन्द राम चौधरी रहेका छन् ।